“ बैकिङ कसूर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ "
२०८१-०८-०५
- A
- A-
- A+
लक्ष्मी कुमारी
शर्माको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विष्णुमाया के.सी.भएको बैंकिङ कसुर
मुद्दामा प्रतिवादी विष्णुमाया के.सी.ले जाहेरवालालाई रु. १,५०,००, ०००।-
(अक्षेरुपी एक करोड पचास लाख) बराबरको चेक दिई खातामा प्रयाप्त रकम मौज्दात नभई
वाउन्स भई सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई फरार
रहेकी विष्णुमाया के.सी.लाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, PCCB बौद्धबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०४
गते जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.६ बौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौमा पठाइएको ।
पक्राउ व्यक्ति :-
१. नामथरः
विष्णुमाया
के.सी ।
उमेर : ३९ वर्ष
ठेगानाः जिल्ला म्याग्दी बेनी न.पा. वडा नं ०९ ।