“ठगी सम्बन्धी कसूरमा फरार रहेको प्रतिवादी पक्राउ”
२०८१-०८-०६
- A
- A-
- A+
जिल्ला
गोरखा शहिदलखन गा.पा. वडा नं. १ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.२
बस्ने गोपाल थापाले जाहेरवालाको जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. २
बाडभञ्ज्याङको कित्ता नं. २४४ को क्षेत्रफल ०-५-२-२ र कि.नं. ४९९ को क्षेत्रफल
०-२-१-० को जग्गा नबिल बैंकको खातामा रु ९५,००,०००।– (अक्षेरुपी पन्चानब्बे लाख)
जम्मा गरिदिएको छु, भनि रकम जम्मा गरेको पैसा नभएको डिपोजिट स्लिप समेत देखाई
जग्गा राजिनामा पास गरी ठगी गरी फरार रहेकोमा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट
पक्राउ पुर्जी जारी भई यस कार्यालयबाट खोजतलास गर्ने क्रममा मिति २०८१।०८।०५ गते
अं. १७:३० वजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ११ बबरमहलबाट पक्राउ
गरी निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ
ब्यक्तिको विवरणः
नामथर
: गोपाल थापा
उमेर
: ४८ बर्ष
ठेगाना
:
जिल्ला गोरखा शहिदलखन गा.पा. वडा नं. १ ।