“वैदेशिक रोजगारमा कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०८-०९
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कोरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा
राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- गिता बहादुर मगर
उमेर :- ५२ वर्ष
वतन :- जिल्ला सोलुखुम्बु
पासाङल्हामु गा.पा. वडा नं. ०१ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०६ ।
बिगो रकम :- रु. ९,००,०००।– (नौ लाख)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पक्राउ मिति :- २०८१।०८।०७ गते ।