“वालेट सेवाग्राहीहरुको KYC रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ”
२०८१-०८-१०
- A
- A-
- A+
वालेटका
ग्राहकहरुको KYC "Know Your
Customer" रुजु गर्ने बिभागका कर्मचारीहरुले वालेटका सेवाग्राहिहरुले आफ्नो वालेटको KYC Verify गर्नको लागि Upload गरिएका विवरणहरुबाट फोटो, नागरीकताको प्रतिलिपी लगायत विवरण Download
गरी आपराधिक गिरोहसंग कमिसन लिई अन्य ब्यक्तिहरुको नाममा फरक-फरक
मोबाईल नम्बरहरुबाट ५५ वटा भन्दा बढि वालेटहरु गैरकानुनी रुपमा खोली उक्त
वालेटहरुलाई Verify (रुजु) गरी आर्थिक कारोबार गर्ने कार्यमा
संलग्न निम्न नामथर वतन भएका ब्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानबाट
पक्राउ गरी आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान
एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर जावलाखेल पठाईएको ।
पक्राउ
ब्यक्तिको विवरणः
१. नामथर
: साहिल श्रेष्ठ
उमेर : २० बर्ष
ठेगाना : जिल्ला
धादिङ ज्वालामुखि गाँउपालिका वडा नं. ५
हाल :
जि. काठमाण्डौं तिलगंगा ।
२. नामथर
: सविन कुमार कुमाल
उमेर
: २२ बर्ष
ठेगाना : जिल्ला गोरखा सिरानचोक गाँउपालिका वडा
नं. ४
हाल :
जि. काठमाण्डौं कंलकी ।
३. नामथर
: सुरेन्द्र बस्नेत
उमेर
: २२ बर्ष
ठेगाना : जिल्ला रामेछाप उमाकुण्डा गाँउपालिका
वडा नं. २
हाल : जि. काठमाण्डौं पशुपती ।