“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०८-१०
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१.नाम थर :- रविन
कोइराला
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला धनुषा
मिथिला न.पा. वडा नं. ०९ ।
हाल :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं. १० ।
बिगो रकम :- रु. १,००,०००।– (एक लाख)
देश :- अष्ट्रेलिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.
वडा नं. १० काडाँघारी ।
पक्राउ मिति :- २०८१।०८।०९ गते ।
पीडित संख्या :- १ जना
२. नाम थर :- पदम बहादुर भुजेल
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला धादिङ
सिद्धलेक गा.पा.वडा नं. ०७ आदमटार ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६ नयाँबजार ।
बिगो रकम :- रु. ३,००,०००।– (तीन लाख)
देश :- सर्बिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६ नयाँबजार ।
पक्राउ मिति :- २०८१।०८।०९ गते ।
पीडित संख्या :- १ जना
३.नाम थर :- कार्त्तिक
लाल राजवंशी
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला झापा
बाह्रदर्शी गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०३ कपन ।
बिगो रकम :- रु. ७,७०,०००।– (सात लाख सत्तरी हजार)
देश :-
अल्बानिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१
दरबारमार्ग ।
पक्राउ मिति :- २०८१।०८।१० गते ।
पीडित संख्या :- १ जना