“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०८-११
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
नाम
थर :- सुवर्ण कुमार बल
उमेर :- ३९ वर्ष
वतन :- जिल्ला मकनवानपुर
बकैया गा.पा. वडा नं. ०५ ।
हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं. ०५ सितापाइला
।
बिगो रकम :- रु. १५,००,०००।– (पन्ध्र लाख)
देश :- क्रोएसिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१३
बाफल ।
पक्राउ मिति :- २०८१।०८।१० गते ।
पीडित संख्या :- १ जना
नाम
थर :- मनिषा कुमारी
उमेर :- २८ वर्ष
वतन :- जिल्ला सर्लाही
ब्रम्हपुरी गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ ।
बिगो रकम :- रु. २,४५,०००।– (दुई लाख पैँतालिस हजार)
देश :- दुवई
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६
नयाँबसपार्क ।
पक्राउ मिति :- २०८१।०८।११ गते ।
पीडित संख्या :- १ जना