प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“५५ करोड वरावरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने व्यक्ति पक्राउ”

२०८१-०८-१२

  • A
  • A-
  • A+
Share

Betting Application मार्फत विश्वभर सञ्चालन हुने बिभिन्न Online game हरु अन्तर्गत जुवा (सट्टाबाजी) गर्ने / गराउने गरी रकम संकलन गर्ने, Crypto currency Trade गर्ने लगायतका गैर कानूनी कार्यहरु भइरहेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले 1xBetting कारोवारमा संलग्न जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा ७५ वटा बैक खाता, १२८ वटा ईसेवा वालेट, Binance ID प्रयोग गरी हाल सम्म रु. ५५,२०,८४,०७१।- (पचपन्न करोड बिस लाख चौरासी हजार एकहत्तर) बराबरको कारोबार गरेको खुल्न आएको । निजको शरिर तथा कोठा खानतलासी गरी निम्न उल्लेखित विभिन्न सामानहरु समेत बदामद गरी निज सुनिल राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर , ललितपुर पठाइएको

पक्राउ व्यक्ति:-

१.   नामथर  : सुनिल राई

   उमेर      : ३७ बर्ष

   ठेगाना   : जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं. ७

   हाल     : जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल

अनुसन्धानबाट खुल्न आएका तथ्यहरु

Ø पक्राउ परेका सुनिल राईले  बिभिन्न व्यक्तिको नामका नागरिकता प्रमाणपत्रको समेत प्रयोग गरी ७५ वटा बैंक खाता खोली सोही खाताको KYC Form मा समेत आफ्नै फोटो टाँसी झुक्यानमा पारी Debit Amt: 37,20,96,282.21, Credit Amt : 37,26,62,357.1 वरावरको कारोवार गरेको खुल्न आएको ।

Ø पक्राउ परेका सुनिल राईले फरक-फरक व्यक्तिहरुको नामबाट 128 वटा  eSewa Wallet  खोली सोही eSewa फरक-फरक Device बाट Active  गरी  Debit Amt: 11,67,19,190.54 Credit Amt: 11,70,97,522.61 वरावरको कारोवार गरेको खुल्न आएको ।

Ø निज सुनिल राईले Binance ID खोली User ID: 423706609  User Name : MDS_stream  रहेको सोहि ID मा Estimated Balance 0.00306464=$284.20 सोहि ID खोलि हेर्दा Total withdraw USDT : 460898.2136, Current Balance  USDT:  284.2 गरी Exchange rate अनुसार हाल 6,23,24,191.3770122 बराबरको कारोबार गरेको खुल्न आएको ।

Ø पक्राउ परेका सुनिल राईले 25 भन्दा बढी Gmail Account खोली “1xbet मा प्रयोग गर्ने गरेको खुल्न आएको ।

Ø बिभिन्न स्थान कोठा लिई लुकिछिपि, हुलियाँ परिवर्तन गरी 1xbetiig  खेल्ने गरेको खुल्न आएको ।


बरामद सामानहरुको विवरणः

१.      विभिन्न कम्पनीका ल्यापटप थान-२,

२.     विभिन्न मोडेलका मोबाइल सेट थान-८

३.     Ncell कम्पनीका सिमकार्ड थान-७०

४.     NTC कम्पनीका सिमकार्ड थान-५

५.      Wi-Fi Router थान-२

६.      विभिन्न व्यक्तिहरुको नाममा रहेका नागरिकता प्रमाणपत्र थान-११,

७.     विभिन्न व्यक्तिहरुको नाममा रहेका राहदानी थान- १५

८.     विभिन्न व्यक्तिहरुको नाममा रहेका बैक खाताका चेकबुक थान-२२

९.     विभिन्न व्यक्तिहरुको नाममा रहेका बैक खाताका ATM Card थान-४२

१०. मो.सा. थान-१

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- रमेश खड्का उमेर    :-   ३५ वर्ष      वतन   :- जिल्ला सिन्धुपाल्चोक  बाह्रबिसे न.पा. वडा नं.  ०२ कर्थली ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर । बिगो रकम  :- रु. ४,००,०००।– (चार लाख) देश    :-  सर्वियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९  ।पक्राउ मिति :- २०८१।०९।०९ गते ।पीडित संख्या  :- १ जना               २. नाम थर  :- पुन्यवती  जोशी उमेर    :-   ३६ वर्ष      वतन   :- जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ०३ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।बिगो रकम  :- रु. २,१७,०००।– (दुई लाख सत्र हजार) देश    :- अमेरिका पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।         पक्राउ मिति :- २०८१।०९।०९ गते ।         पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- याद बहादुर बुर्जा मगर उमेर    :-   ५३ वर्ष      वतन   :- जिल्ला उदयपुर रौतामाई गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।बिगो रकम  :- रु. ५,७५,०००।– ( पाच लाख पचहत्तर हजार) देश :- क्रोएसियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।पक्राउ मिति :- २०८१।०९।०८ गते ।पीडित संख्या  :- २ जना                  २.   नाम थर  :- संजय साह बानिया उमेर    :-   ३५ वर्ष      वतन   :- जिल्ला बारा पचरौता न.पा. वडा नं. ०८ ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. भिमसेनगोला ।बिगो रकम  :- रु. ४,६०,०००।– (चार लाख साठी हजार) देश    :- साइप्रसपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०८ गते ।          पीडित संख्या  :- १ जना  

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-०७

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- किशान कुमालउमेर    :-   २८ वर्ष      वतन   :- जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ०७ च्याङली ।हाल  :- जिल्ला काठमाण्डौं टोखा ग्रिनल्याण्ड ।बिगो रकम  :- रु. ३३,५०,०००।– (तेत्तिस लाख पचास हजार) देश    :-  इजरायलपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०९।०५ गते ।पीडित संख्या  :- ४ जना   २.      नाम थर  :- युवक खड्काउमेर    :-   ३३ वर्ष      वतन   :- जिल्ला खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा. वडा नं. ०२  ओख्रे ।हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. बसुन्धारा ।बिगो रकम  :- रु. २,५०,०००।– (दुई लाख पचास हजार) देश    :- मलेशिया पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २२ रत्नपार्क ।पक्राउ मिति :- २०८१।०९।०६ गते । पीडित संख्या  :- १ जना   

“ठगी तथा अपराधीक लाभ सम्बन्धी अपराधमा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०५

दुबई ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको HR म्यानेजर हुँ, रोजगारीको डिमाण्ड आएको छ भनि विश्वास दिलाई नबिल बैंक लि.पोखरा शाखाको खातामा पटक पटक गरी जम्मा रु ३,३२,०००।–(तिन लाख बत्तिस हजार) जम्मा गर्न लगाई पछी रोजगारीमा नपठाई विश्वासघात गरी सम्मानित भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई ठगी तथा अपराधीक लाभ  सम्बन्धी कसुरमा  फरार रहेका प्रतिवादी जिल्ला कास्की साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपालिका वडा नं.२४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने चक्र गिरीको छोरा वर्ष ४७ को रामजी गिरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०४ गते अं.१५:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि  जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।  पक्राउ व्यक्ति:  नाम थर: रामजी गिरी  उमेर: ४७ बर्षठेगाना: जिल्ला कास्की साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपलिका वडा नं.२४ हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने ।विगो: रु ३,३२,०००।– (तिन लाख बत्तिस हजार) थप खुल्न आएको:Ø  वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०८१।०४।१३ मा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको  ।Ø  सुर्खेत जिल्ला अदालतमा रु ३००००००।– (तिस लाख) बराबरको चेक अनादर सम्बन्धी मुद्दा विचाराधीन रहेको  । जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जना भन्दा वढी पीडितहरुबाट १२,१५,०००।–(बाह्र लाख पन्ध्र हजार) बिगो भएको कसुर उपर अनुसन्धान भैरहेको ।

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:- १.   नाम थर  :- ज्वालाराम मुस्याख्वाउमेर    :-   ३६ वर्ष      वतन   :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १० कमलविनायक ।बिगो रकम  :- रु. २,००,०००।– (दुइ लाख) देश    :-  अष्ट्रेलियापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ बागबजार ।पक्राउ मिति :- २०८१।०९।०३ गते ।पीडित संख्या  :- १ जना               २.      नाम थर  :- बुद्धि बहादुर बस्याल उमेर    :-   ३७ वर्ष      वतन   :- जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. १३ नयाँगाउ ।हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०६ ग्राण्डी । बिगो रकम  :- रु. १,९०,०००।– (एक  लाख नब्बे हजार) देश    :- दुबईपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६ सामाखुशी ।पक्राउ मिति :- २०८१।०९।०३ गते ।          पीडित संख्या  :- १ जना

“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०३

सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला कञ्चनपुर साविक श्रीपुर गा.वि.स. वडा नं. ०३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर  बस्ने कबिराम चौधरी को छोरा वर्ष ४० को विशाल कुमार चौधरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०२ गते अं.१७:० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.शंखमुलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्ति: नाम: विशाल कुमार चौधरी उमेर: ४० बर्षठेगाना: जिल्ला कञ्चनपुर साविक श्रीपुर गा.वि.स. वडा नं. ०३ हाल: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर बस्ने  थप खुल्न आएको:(क)   सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल  काठमाण्डौबाट ५०,००,०००।-( पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको । (ख)   सम्मानित जिल्ला अदालत बाँकेबाट समेत ५०,००,०००।-( पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको ।