“ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०८-१२
- A
- A-
- A+
जिल्ला काठमाण्डौं, काठमाण्डौं
महानगरपालिका वडा नं.१९ बस्ने वर्ष ४१ को राजन महर्जनको सिटिजन्स बैङ्कको खाताबाट
अपरिचित व्यक्तिले रु. ४,००,०००।–(चार
लाख) रकम Scam गरि
ठगी गरेको भन्ने जाहेरी उपर अनुसन्धान तथा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी
कार्यालय झापा तथा पाँचथरको समन्वयमा मिति २०८१।०८।०९ गते जिल्ला पाँचथर फिदिम न.पा.
वडा नं. १ शनिवारे चोक बाट पवन भन्ने प्रकाश श्रेष्ठ लाई नियन्त्रणमा लिई यस
कार्यालयमा उपस्थित गराई ठगी सम्बन्धी
कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौं पठाइएको ।
बरामद
सामाग्री:
NCELL कम्पनीको
सिम कार्ड थान-७०
बिभिन्न
कम्पनीको मोबाईल थान-३
HP कम्पनीको
ल्यापटप थान-१
WD Blue लेखिएको
1.0TB को SSD थान-१
पक्राउ व्यक्ति:
नाम:- पवन श्रेष्ठ भन्ने
प्रकाश श्रेष्ठ
उमेर:- १९ बर्ष
ठेगाना:- जिल्ला मोरङ
उर्लाबारी न.पा. वडा नं.२
हाल:- जिल्ला झापा
दमक न.पा. ६ श्रीपाली