“रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने मानिसहरु पक्राउ” (2078/08/16)
२०७८-०८-१६
- A
- A-
- A+
मिति २०७८/०८/१५ गते जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटेको बिशेष प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु
१. भारतबाट नेपालगंज हुदै नेपाल भित्र्याई चिनतर्फ तस्करी हुने गरेको कुरा खुल्न आएको ।
पक्राउ परेका ब्यक्तिहरु
१.जिल्ला रामेछाप उमाकुण्ड गा.पा.४ घर भई हाल का.जि.बालाजु बस्ने बर्ष २७ को राम बहादुर खत्री ।
२.जिल्ला कास्की लेखनाथ महानगरपालिका वडा नं.१० घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० को गंगा बहादुर पुन।
बरामद भएको सामानको बिवरण
रक्तचन्दनको सुगन्धित तेल ४४ लिटर ।