प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“Honey Trap मा संलग्न व्यक्तिहरु पक्राउ”

२०८१-०८-१२

  • A
  • A-
  • A+
Share

आपराधिक लाभ लिने उद्देश्यले योजना बनाई मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं. ४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी बस्ने अं. बर्ष २६ कि बर्षा दर्जले घाउ ड्रेसिङको लागि Online बाट सम्पर्क गरी आफु एक्लै भएको अवस्थामा मिति २०८१।०८।०६ गते १३:०० बजेको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई रु १८,००,०००।–(अठार लाख) बाट  Bargaining गर्दै रु ८,००,०००।–(आठ लाख) दिए कुरा मिल्‍छ भनि Blackmail गरी रकम असुल गरेको भन्ने सूचना प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न बर्ष २५ की समृदी मगर, बर्ष ३० को दिपेन्द्र दर्जीलाई मिति २०८१।०८।११ गते र बर्ष २५ की बर्षा दर्जीलाई मिति २०८१।०८।१२ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ बाट पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:

Ø  बर्षा दर्जीले समाजिक संजाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङको आई दिनु पर्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको ।

Ø  बर्षा दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको र निज बर्षा दर्जीले आफ्नो ढोकाको चुकुल लगाई पीडितलाई कोठामा राखेको ।

Ø  पीडितले ढोकाको चुकुल खोली बाहिर निष्किदै गर्दा समृदी मगर भन्ने अर्को एक जना महिला आई पीडित संग कुरा गर्नु छ भनि कोठा भित्र लगि जबरजस्ती करणी मुद्दामा फसाइ दिउ की सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको ।

Ø  रु १८,००,०००।-(अठार लाख) देखी रकमको Bargaining गरी रु ८,००,०००।–(आठ लाख) दिने शर्तमा कुरा मिलाइ जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ कौशलटारमा रहेको Wave Sekuwa Corner मा मिति २०८१।०८।११ गते बिहान अं.११:०० बजेको समयमा रु २५,०००।– नगद दिपेन्द्र दर्जी र समृदी मगरले लिएको र समृदी मगरले दिएको सिदार्थ बैंकको  QR खातामा रु २५,०००।–(पचिस हजार) थप जम्मा गरेको ।

Ø  मिति २०८१।०८।११ गते बेलुका अं. १६:०० बजे सोही स्थानमा रु ७५,०००(पचहत्तर हजार)को चेक लिएको ।

Ø  उक्त कार्य सम्बन्धित व्यक्तिहरुले संगठित रुपमा गर्ने गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको र एक जना व्यक्ति हाल फरार रहेको ।

              बरामद सामाग्री:

१.   NIC ASIA बैंकको बर्षा दर्जीको नाममा काटी दिएको रु ७५,०००।–(पचहत्तर हजार)को चेक थान-१

२.  नगद रु १००० थान-१ र रु ५०० को थान-३९ गरी जम्मा रु २०,५००।–(बिस हजार पाँच सय)

३.  बिभिन्न कम्पनीको मोबाईल थान-४

              पक्राउ व्यक्तिहरु:

      १.   नाम:- समृदी मगर

                 उमेर:- २५ बर्ष

                  ठेगाना :- जिल्ला ईलाम दानवारी गा.बि.स.वडा नं.९ परिवर्तित माई न.पा.१

                  हाल:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी

        

       २.  नाम:- दिपेन्द्र दर्जी

                   उमेर:-३० बर्ष

                  ठेगाना:- जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं.४ कोशीपारी

                  हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भू

        

       ३.  नाम:- बर्षा दर्जी

                  उमेर:- २५ बर्ष

                   ठेगाना:- जिल्ला काभ्रे भुम्लु गा.पा.वडा नं.४ कोशीपारी

                   हाल:- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ५ नयाँठिमी

 

पुनश्च:- निज दिपेन्द्र दर्जी ज्यान सम्बन्धी कसुर(कर्तब्य ज्यान)मा मिति २०७१ सालमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- जटाधर राउत   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं.१ ।हाल           :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.१ ।देश             :- बेलायत र रोमानियाविगो रकम    :- रु.८०,००,०००।– (असि लाख)पक्राउ मिति   :- २०८२/१०/२७  गते ।पक्राउ स्थान  :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.२ । पीडित संख्या :- ५ जना ।

“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२८

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- ठमराज नेपाली परियार   उमेर            :- ४१ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.३ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ ।२. नाम थर      :- राम कुमार राई   उमेर            :- ३९ वर्ष स्थायी वतन  :- जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा. वडा नं.३ ।हाल            :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा  नं.१ । पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ।देश             :- यु.ए.इ.विगो रकम    :- रु.२,८०,०००।– (दुई लाख असि हजार)पक्राउ मिति   :- २०८२/१०/२७ गते । पीडित संख्या :- १ जना ।

“ डाँका र ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ ”
२०८२-१०-२८

नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश भन्ने धावा छिरिङ तामाङ समेत भएको डाँका र ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतको मिति २०७४।०९।०४ गतेको फैसला बमोजिम राकेश भन्ने धावा तामाङ समेतलाई जनही १० (दश) बर्ष कैद र रु.१,००,१८९।- (अक्षेरुपी एक लाख एकसय उनानब्बे रुपैँया) जाहेरवालालाई भराउने ठहर भएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।१०।२७ गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्णबाट राकेश भन्ने धावा छिरिङ तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयणको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरणःनाम थर : राकेश भन्ने धावा छिरिङ तामाङउमेर : ३९ वर्षठेगाना: जिल्ला दोलखा शैलुङ गाउँपालिका वडा नं.०४ हालः जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं.०४  गोकर्ण 

“ ६० लाख डकैती गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-१०-२७

मिति २०८२/१०/१४ गते दिनको अन्दाजी १६:०० बजको समयमा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद रु. ६०,००,०००।– (साठ्ठी लाख रुपैयाँ) ल्याउन लगाई ८/९ जना व्यक्तिहरुको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाण्डौं  पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.     नामथरः- दिपक आले मगर                                            ३. नामथरः- जिवन तामाङउमेरः- २७ बर्ष                                                                                उमेरः-२८ बर्षठेगानाः- जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं. १०                         ठेगानाः- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ७,हाल:- जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. ५ बस्ने ।                       हालः- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ बस्ने ।पक्राउ स्थानः- जिल्ला भक्तपुर शीर्जनानगर                                             पक्राउ स्थानः- का.जि. बाइपास ।                                                           पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                      पक्राउ मितिः-२०८२।१०।१८ गते ।२.     नामथरः- बिक्रम तामाङ                                                            ४. नामथरः- कर्ण बहादुर सुनारउमेरः- ३२ बर्ष                                                                                  बर्षः- ३८ बर्षठेगानाः- जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं. ३ पार्चा ।                            ठेगानाः- जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १३ हाल:- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ बस्ने ।              हालः- का.जि.का.म.न.पा. वडा नं. ९ एयरपोर्ट बस्ने ।पक्राउ स्थानः- का.जि. बाइपास  ।                                                         पक्राउ स्थानः- का.जि. का.म.न.पा. टेकु । पक्राउ मितिः- २०८२।१०।१८ गते ।                                                       पक्राउ मितिः- २०८२।१०।२० गते ।

“कस्तुरी मृगको बिना (आखेटोपहार) सहित मानिसहरु पक्राउ”
२०८२-१०-२७

जिल्ला काठमाण्डौ शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको विनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरु सम्बन्धमा अनुसन्धान, पहिचान एवं खोजतलास गर्दै जाँदा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२७ गते जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. ११ नेपालटार शेषमती स्थितको सडकबाटोमा हिडिरहेको अवस्थामा  सरोज परियार र जितेन्द्र बहादुर चन्दलाई पक्राउ गरी निजहरुको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० (तिस) ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) थान-१ फेला पारी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन,२०२९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : सरोज परियार उमेर : ३९ वर्ष                                                                                ठेगाना : जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने । २)     नाम:- जितेन्द्र बहादुर चन्दउमेर:- ३२ बर्ष ठेगाना :- जिल्ला बैतडी पाटन न.पा.वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ११ शेषमती बस्ने ।