“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०८-२०
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- उखिल बम्जन
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला रामेछाप
लिखु तामाकोशी गा.पा. वडा नं. ०३ बिजुलकोट ।
हाल :- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ०९
नयाँबस्ती ।
बिगो रकम :- रु. १,४०,०००।– (एक लाख चालिस हजार)
देश :- सर्बिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९
पिङगलास्थान ।
पक्राउ मिति :- २०८१।०८।१९ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :- कमल रावल
उमेर :- २६ वर्ष
वतन :- जिल्ला कैलाली
टिकापुर न.पा. वडा नं. ०१ ब्लक सि ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १० बुद्धनगर ।
बिगो रकम :- रु. १,५०,०००।– (एक लाख पचास हजार)
देश :- सर्बिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३
ताहाचल ।
पक्राउ मिति :- २०८१।०८।२० गते ।
पीडित संख्या :- १ जना