“ठगी सम्वन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ”
२०८१-०८-२१
- A
- A-
- A+
नविन प्रधानको
जाहेरीले वादी नेपाल सरकार प्रतिवादी करन सिंह बिष्ट भएको ठगी सम्वन्धी
कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा फरार रहेका जि.बैतडी,
पाटन न.पा.वडा नं.४ स्थायी वतन भई हाल
का.जि.बुढानिलकण्ठ
न.पा.वडा नं.१० मिलनचोक बस्ने बर्ष ३६ को करन सिंह बिष्टलाई
यस
कार्यालयबाट खटिएको टोलीले मिति २०८१/०८/२० गते का.जि.बुढानिलकण्ठ
न.पा.वडा नं.१० मिलनचोकबाट पक्राउ गरी अनुसन्धान गर्ने क्रममा निजले अन्य व्यक्तिहरूलाई समेत आफू
गृहमन्त्रीको सचिवालयमा पि.ए.को रूपमा कार्यरत रहेको तथा विभिन्न निकायका उच्च पदस्थ
व्यक्तिहरूसंग निकट रहेको भनि झुक्यानमा पारी सरकारी जागिर लगाई दिने, सरूवा बढुवा
गरी दिने, बैदेशिक रोजगारमा पठाई दिने तथा सरकारी अनुदान रकम उपलब्ध गराई दिने
प्रलोभन पारी रकम ठगी गरेको पाईएकोले निजलाई ठगी सम्वन्धी कसुर
मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला
प्रहरी परिसर, भद्रकाली पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : करन सिंह बिष्ट
उमेर : ३६ वर्ष
ठेगाना : जि. बैतडी, पाटन न.पा.वडा नं.०४
हाल : का.जि. बुढानिलकण्ठ न.पा वडा नं.१० मिलनचोक