"अनलाईन ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ”
२०८१-०८-२४
- A
- A-
- A+
सामाजिक सञ्जाल Facebook मा
विभिन्न पेजहरू खोली Facebook को marketplace मा iPhone सेट सस्तो मुल्यमा बिक्रीमा रहेको भन्ने
झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकहरूलाई एडभान्स वापतको रकम समेत पठाउन लगाई ठगी
गर्ने कार्यमा संलग्न निम्न
व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट मिति २०८१।०८।२३ गते
पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर
भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ परेका व्यक्तिहरुको विवरण:-
१. जिल्ला झापा बिर्तामोड न.पा.वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा
नं.४ महाराजगन्ज चप्पलकारखाना वस्ने बर्ष २१ को अजित भण्डारी ।
२.
जिल्ला गोरखा सिरानचोक गाउँपालिका
वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२६ सामाखुसी बस्ने बर्ष १९
को विपिन मक्राती ।
३.
जिल्ला नुवाकोट म्यागङ गाउँपालिका
वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ माछापोखरी बस्ने बर्ष
२१ की मधु तामाङ ।