प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली नागरिक पक्राउ”

२०८१-०८-२४

  • A
  • A-
  • A+
Share

उपत्यकाका विभिन्न स्थानमा रहेको क्यासिनोहरूमा नेपाली व्यक्तिहरूले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८१।०८।२३ गते का.जि. का.म.न.पा.वडा नं. १६ ठमेल स्थित छाँया सेन्टरमा रहेको CASINO WALDO DYNASTY मा जुवा खेलिरहेको अवस्थामा जि.चितवन, राप्ती न.पा.वडा नं.०१ स्थायी वतन भई हाल का.जि.रातोपुल बस्ने वर्ष ३७ को विशाल बर्तौलालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड समेत बनाएको पाईएकोले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।

क्राउ व्यक्ति;

नाम: विशाल बर्तौला

उमेरः ३७ वर्ष

ठेगाना :  जि.चितवन, राप्ती न.पा.वडा नं.०१

      हालः का.जि.रातोपुल ।

सम्बन्धित समाचार
"आफ्नै श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ "
२०८२-०५-०१

घटना विवरण:-मिति २०८२/०४/३० गते  अन्दाजी २३:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ गोगबु मित्रनगर स्थित भिममाया लिंखाले संचालन गरेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नं. २०१ मा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२ भंगाल घर भएकी वर्ष २७ कि ललिता बि.क.को कर्तव्य गरी हत्या गरेको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मृतकको श्रीमान बर्ष २८ को सन्तोष सेन्चुरीले उक्त होटलमा बोलाई निजलाई सोही होटलको कोठामा हत्या गरी लाश सोही कोठाको बक्स पलङभित्र लुकाई वारदातस्थलबाट भागि छिमेकी देश भारतर्तफ जाने उद्देश्यले पर्सा जिल्लातर्फ गएको भन्ने अनुसन्धानबाट खुल्न आएकोले यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी जिल्ला पर्सा बिरगंजस्थितबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको । अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरुØ मिति २०८२/०४/२८ गते मृतकको भाई मोतिराम विश्‍वकर्माले आफ्नो दिदी हराएको भनि प्रहरी बृत्त महाराजगन्जम खोजतलासको लागी निवेदन दिएको ।Ø    प्रहरी बृत्त महाराजगन्जबाट संतोषलाई बोलाई श्रीमतीको बारेमा सोधपुछ गरेको । Ø    मिति २०८२/०४/२८ गते सन्तोष लगायत परिवारका अन्य सदस्य सहित ललिताले काम गर्ने गरेको लगनको गार्मेन्टमा खोज्न गएका । Ø    घटना भएको तिन दिन पश्चात उक्त कोठाबाट दुर्गन्ध आएकोले मिति २०८२/०४/३० गते रातको अं. २३:०० बजेको समयमा होटल सञ्चालक भिममाया लिङ्खाले प्रहरीलाई खबर गरी बोलाएको  । Ø    प्रहरीले  घटनास्थल जाँच गरी हेर्दा मृतक महिलाको मूखमा कपडा कोचिएको र लाश बक्स पलङ्ग भित्र लुकाईएको अबस्थामा फेला परेको । Ø    ललिता बि.क. र सन्तोष सेन्चुरी बिच २ बर्ष अगाडी विवाह भएको । हाल निजहरु बिचको सम्बन्ध राम्रो नभएको । Ø    ललिता बि.क. र सन्तोष सेन्चुरी बिच बिबाह पुर्व नै सन्तोषको अर्को प्रेमिका संग सम्बन्ध भएको कारण श्रीमती लाई मानसिक तथा शारिरीक यातना दिने गरेको ।Ø    ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी दुवै जना सहमती भई दुबै जना भिन्न बस्दै गरेको र  मिति २०८२/०४/२७ गते सम्बन्ध बिच्छेदको अन्तिम छलफल गर्ने भनी श्रीमतीलाई  फोन गरी उक्त होटलमा बोलाएको बुझिएको ।Ø    श्रीमतीको हत्या गरी उक्त होटलबाट सोही दिनको अन्दाजी दिउँसोको ०४:०० बजेको समयमा सन्तोष एक्लै होटलबाट  बाहिर निस्केको खुल्न आएको  ।Ø    मिति २०८२/०४/२९ गते सम्म सन्तोष सेन्चुरी प्रहरी बृत्त महाराजगन्जको सम्पर्कमा रहेकोमा सोही दिनको दिउँसो अं. ०१:०० बजे देखी मोबाइल स्विचअफ गरी सम्पर्क बिहिन भएको । Ø    होटलमा श्रीमतीलाई बोलाई दुई तिन घण्टा संगै बसी घाँटी थिची श्रीमतीको हत्या गरी लाश बक्स पलङ भित्र लुकाई आफु साथीको कोठामा गई बसेको Ø    घर परिवारका अन्य सदस्यहरु संगै महाराजगंज प्रहरीकोमा श्रीमती हराएको भनि खोजतलास गरिदिन अनुराध गरेको Ø    बिभिन्न विधी प्रबिधिको सूक्ष्म अनुसन्धान गर्दै जादाँ शंकित सन्तोष सेन्चुरी बिरगंजतर्फ भागेको भुझिन आएकोले  मिति २०८२/०५/०१ गते जिल्ला प्रहरी कार्यलय पर्षा संग समन्वय गरी विरगन्ज स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको ।पक्राउ व्यक्ति १.         नाम :-  सन्तोष सेन्चुरी उमेर:- २८ बर्षठेगाना:- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२, भंगाल ।  

“बैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-३०

घटना विवरण :-विष्णु प्रसाद खनालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकाश भट्टराई भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला स्याङ्जा, गल्याङ न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा  वडा नं. ३२ कोटेश्वर  वडा एरियामा लुकीछिपी बसेको भन्ने बुझिन आएकोमालाई निज प्रतिवादीलाई मिति २०८२।०४।२९ गते का.जि.का.म.न.पा. वडा नं. ३१ बानेश्वर  स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाईएको ।  पक्राउ व्यक्तिको विवरण:-१)     नाम : प्रकाश भट्टराई                                                                         उमेर : ४२ वर्ष                                                                                 ठेगाना : जिल्ला स्याङ्जा, गर्ल्याङ न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा  वडा नं. ३२ कोटेश्वर                        बिगो रकम जम्मा:- रू.७,९०,०००।- (सात लाख नब्बे हजार मात्र । )पीडित संख्या:- २ जना ।  

“फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२९

वादी नेपाल सरकार प्रतिवादी गोकुल श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट मिति २०८२।०३।१८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मिति २०८२।०४।२८ गते जिल्ला प्रहरी कार्यालय विरगञ्ज, पर्सा  पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: गोकुल श्रेष्ठ   उमेर:  ६५ बर्ष   ठेगाना: जि. सुनसरी धरान उप- महानगरपालिका वडा नं.  १२ घर भई हाल जि.काठमाण्डौ का.म.न.पा. वडा नं. ५ हाँडीगाउँ बस्ने   पक्राउ मिति: २०८२।०४।२८ गते   पक्राउ स्थान:  जि.काठमाण्डौ का.म.न.पा. १४ बल्खु   बिगो: रु. १,७५,००,०००/-   

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-२९

घटना विवरण :  बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- सन्दिप मगर भन्ने बम बहादुर मगरउमेर           :- ४६ वर्ष       पक्राउ मिति  :- २०८२/०४/२८ गते ।    स्थायी वतन :- जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं.०६ ।            देश            :- रोमानिया                                                              पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।                                                      पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।  २. नाम थर      :- गिता माया मगर उमेर           :- ४८ वर्ष       पक्राउ मिति  :- २०८२/०४/२९ गते ।      हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ ।      विगो रकम   :- रु.२०,२४,०००।–(बिस लाख चौबिस हजार)      पीडित संख्या:- ४ जना     ३. नाम थर      :- विन्देश्वर राय यादवउमेर           :- ४५ वर्षस्थायी वतन :- जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं.०५ । देश             :- मौरिससविगो रकम    :- रु.३,६०,०००।–(तीन लाख साठी हजार )पक्राउ मिति   :- २०८२/०४/२९ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ ।पीडित संख्या :- १ जनापठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।                                                        

“वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८२-०४-२८

डम्बर देउवा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी त्रिलोक सिंह समेत भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादीहरु मध्येका एन.ए.एन. मेरीटाएम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि का. संचालक त्रिलोक सिंह कास्की जिल्लाको शिशुवा वडा एरियामा लुकीछिपी बसेको भन्ने बुझिन आएकोमा ईलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको   समन्वयमा निज त्रिलोक सिंहलाई मिति २०८२।०४।२७ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ डाँडाकोनाक स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाईएको ।     पक्राउ व्यक्तिको विवरण:-१)     नाम : त्रिलोक सिंह                                                                         उमेर : २९ वर्ष                                                                                 ठेगाना : जिल्ला बझाङ बंगुल न.पा. वडा नं. ६ घर भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ .न.पा. वडा नं. ९                         बिगो रकम जम्मा:- रू.४,१७,९३,२८०।- (चार करोड सत्र लाख त्रियानब्बे हजार दुई सय असी मात्र । ) पीडित संख्या:- ६६ जना ।

“ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०४-२८

जिल्ला सिन्धुपाल्चोक  बलेफी गा.पा. वडा नं.७ साउने घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे बस्ने पुरुषोतम पराजुलीले जिल्ला काठमाण्डौ चावहिल पिपलबोट स्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरुप रकम लिने तर कामदार नपठाउने तथा पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भए पश्चात खटी गएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्न व्यक्तिलाई मिति २०८२।०४।२७ गते  जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको । पक्राउ व्यक्तिको विवरण: नामथर : पुरूषोत्तम पराजुलीउमेर     : ३३ वर्षठेगाना  : जिल्ला सिन्धुपाल्चोक  बलेफी गा.पा. वडा नं.७ साउने हाल      : जिल्ला भक्तपुर मध्यपुर थिमि न.पा. वडा नं. ६ बोडे