“विभिन्न कसूरमा फरार रहेको प्रतिवादी पक्राउ”
२०८१-०८-२४
- A
- A-
- A+
महेश खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लाल बहादुर
तामाङ भएको ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रहरी परिसर ललितपुर मार्फत
सम्मानित ललितपुर जिल्ला अदालतबाट मिति २०८१/०३/१२ गते पक्राउ पुर्जी जारी भई
वारदात पश्चात फरार भएका प्रतिवादी लाल बहादुर तामाङलाई खोजतलास गर्ने क्रममा मिति
२०८१/०८/२३ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २२ रत्नपार्क स्थितमा
फेलापारी पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर
पठाईएको ।
साथै निज प्रतिवादी लाल बहादुर तामाङ उपर सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूर र बैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति प्राप्त भई फरार रहेको देखिएको ।
प्रतिवादी लाल
बहादुर तामाङ संलग्न रहेको अन्य कसूरहरु:
सि.न. |
पक्राउ परेको
व्यक्तिको नामथर ठेगाना |
पक्राउ पुर्जी
जारी गर्ने निकाय |
मुद्दा |
विगो |
१. |
लाल बहादुर
तामाङ(वर्ष ४२), जिल्ला
काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक
न.पा. वडा नं.८ बस्ने । |
बैदेशिक रोजगार न्यायाधिकरण |
बैदेशिक रोजगार सम्बन्धी कसूर |
रु.१६,०५,०००/-(सोह्र लाख पाँच हजार
रुपैयाँ) |
सम्मानित काभ्रेपलाञ्चोक जिल्ला
अदालत |
ज्यान मार्ने उद्योग कसूर |
--- |
||
सम्मानित ललितपुर जिल्ला अदालत |
ठगी सम्बन्धी कसूर |
रु.२,२५,०००/-(दुई लाख पच्चिस हजार
रुपैयाँ) |