“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०८-२५
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :- मधु तिमल्सिना अधिकारी
उमेर :- ३० वर्ष
वतन :- जिल्ला कास्की,
पोखरा म.न.पा. वडा नं. २५ ।
हाल :- जिल्ला काठमाण्डौं,
टोखा न.पा. वडा नं.०६ ।
बिगो रकम :- रु. ७,००,०००।– (सात लाख)
देश :-
रोमानिया
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं, टोखा न.पा. वडा नं.०६ ।
पक्राउ मिति :- २०८१।०८।२५ गते ।
पीडित संख्या :- ३ जना
२. नाम थर :- गिता कुँवर
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला रुपन्देही,
देवदह न.पा. वडा नं. १२ ।
हाल :- जिल्ला काठमाण्डौं, का.म.न.पा. वडा नं.२८ ।
बिगो रकम :- रु. १६,०५,०००।– ( सोह्र लाख पाँच हजार)
देश :- U.K
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं, का.म. न.पा. वडा नं.२८ ।
पक्राउ मिति :- २०८१।०८।२५ गते ।
पीडित संख्या :- ८ जना