“वैदेशिक रोजगारमा स्लोभाकिया पठाइदिन्छु भनी ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ”
२०८१-०८-२५
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने काठमाडौँ जिल्ला
काठमाडौँ महानगरपालिका बागबजार स्थितमा रहेको GLOBAL
EXCELL UPSKILL AND STUDY INFO CENTRE को संचालिका वर्ष ३० की दिव्या यादवलाई काठमाण्डौं जिल्ला काठमाण्डौं म.न.पा. वडा नं. २३ न्युरोडस्थितबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी
परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- दिव्या यादव
उमेर :- ३० वर्ष
वतन :- सिरहा जिल्ला सिरहा
न.पा. वडा नं. ०७ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं. २२ ।
बिगो रकम :- रु. ५,१५,०००।– (पाँच लाख पन्ध्र हजार )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२३ ।
पक्राउ मिति :- २०८१।०८।२४ गते ।
पीडित संख्या :- १ जना