“विभिन्न कसूरमा फरार रहेका प्रतिवादी पक्राउ”
२०८१-०८-२७
- A
- A-
- A+
महेश
महतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रज्वल हमाल भएको ठगी सम्बन्धी कसूर
मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतबाट मिति २०८१/०४।२९ गते पक्राउ पुर्जी
जारी भई वारदात पश्चात फरार भएका प्रतिवादी प्रज्वल हमाललाई खोजतलास गर्ने क्रममा मिति
२०८१/०८/२६ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा.वडा नं. ०६ कटुन्जेबाट पक्राउ गरी
थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको ।
साथै निज प्रतिवादी प्रज्वल हमाल उपर बैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति प्राप्त भई फरार रहेको देखिएको ।
प्रतिवादी प्रज्वल हमाल संलग्न रहेको अन्य कसूरहरु:
सि.न. |
पक्राउ परेको व्यक्तिको नामथर ठेगाना |
पक्राउ पुर्जी जारी गर्ने निकाय |
मुद्दा |
विगो |
१. |
प्रज्वल
हमाल(वर्ष २०), जिल्ला सुर्खेत लेकबेशी न.पा.वडा नं. ०४ घर भई हाल जिल्ला
भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ०६ कटुन्जे बस्ने । |
बैदेशिक रोजगार न्यायाधिकरण |
बैदेशिक रोजगार सम्बन्धी कसूर |
रु.६,५०,०००/-(छ लाख पचास हजार रुपैयाँ) |
सम्मानित ललितपुर जिल्ला अदालत |
ठगी सम्बन्धी कसूर |
रु.३१,००,०००/-(एकतिस लाख रुपैयाँ) |