“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०८-२७
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- सुदिप घिमिरे
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला झापा
गौरादह न.पा. वडा नं. ०१ ।
हाल :- जिल्ला काठमाण्डौं
शंखरापुर न.पा. वडा नं.०९ ।
बिगो रकम :- रु. १२,१०,०००।– (बाह्र लाख दस हजार)
देश :-
जर्जिया
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं.२६ गल्कोपाखा ।
पक्राउ मिति :- २०८१।०८।२६ गते ।
पीडित संख्या :- २ जना
२. नाम थर :- भानु यजुवेन्द्र कण्ठ
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला कञ्चनपुर
भिमदत्त न.पा. वडा नं. ०२ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध ।
बिगो रकम :- रु. २,००,०००।– (दुई लाख)
देश :- रोमानिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६
बौद्ध ।
पक्राउ मिति :- २०८१।०८।२७ गते ।
पीडित संख्या :- २ जना