“करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ”(2078/08/16)
२०७८-०८-१६
- A
- A-
- A+
पिडितले प्रयोग गर्ने सामाजिक सञ्जाल Facebook मा आफूलाई Dr.Benjamin Franklin भनेर चिनाउने विदेशी नागरीकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र १ हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफुसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दु:ख पिडाको कुरा गरी रकम पठाई सहयोग गर्नु प-यो, म बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई राजेन्द्र भण्डारी र रोजन भुजेल समेतको बैक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा राजेन्द्र भण्डारीको नामको गरिमा बिकाश बैकको खातामा रु ७८,००,०००।- र रोशन भुजेलको नामको नबिल बैकको खातामा रु ९,५०,०००।- समेत गरी जम्मा रु १,२२,००,०००।- रकम पिडितलाई पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरु मध्येका रोजन भुजेललाई मिति २०७८।०८।१५ गते का.जि.कालिमाटी तथा राजेन्द्र भण्डारीलाई मिति २०७८।०८।१६ गते १३:३० बजे काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ९ एयरपोर्टमा फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ व्यक्तिहरू:
१. नाम:- राजेन्द्र भण्डारी
उमेर :- ४४ बर्ष
ठेगाना:- जिल्ला कास्की, पोखरा उ.म.न.पा.वडा नं.१०
२. नाम:- रोजन भुजेल
उमेर :- २८ बर्ष
ठेगाना:- का.जि.का.न.पा.वडा नं.१३ ताहाचल
मितिः २०७८।०८।१६ गते ।