“ वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०८-२८
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लैजाने
भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.
१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- मन्जित चित्रकार
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. २८ बागबजार ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०६ ।
बिगो रकम :- रु. ४,००,०००।– (चार लाख)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पक्राउ मिति :- २०८१।०८।२७ गते ।
पीडित संख्या :- १ जना