“नियन्त्रित औषधी सहित मानिसहरु पक्राउ ”
२०८१-०९-०२
- A
- A-
- A+
उपरोक्त
सम्बन्धमा ललितपुर जिल्ला ल.पु.म.न.पा. वडा नं. १७ ग्वार्को स्थित प्रभात माध्यमिक
विद्यालयको भवनमा निर कुमार यादवले भाडामा लिई सन्चालन गरेको राधा कृष्णा मेडिकल
हलमा चिकित्सकको प्रेस्क्रीप्सन बिना अवैध रुपमा नियन्त्रित औषधी विक्री वितरण
गर्दे आएको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८१/०९/०१ गते अ. ०१:३० बजेको समयमा यस कार्यालय
मातहत काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेलबाट खटिएको
प्रहरीले उक्त मेडिकल पसलबाट निम्न नियन्त्रित औषधी बरामद गरी निम्न मानिसहरूलाई
पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको ।
बरामद भएको सामानको
विवरणः-
* PREGALIN-75
= १७१५ ट्याबलेट
* DECOLIC=
१८४० ट्याबलेट
* ANTIKOF=
११४० ट्याबलेट
पक्राउ परेका व्यक्तिहरू :
१. जिल्ला सप्तरी बोदे बसाइन न.पा. वडा नं.०३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी वडा नं. ०४ ईमाडोल बस्ने बर्ष ५१ को उमेश
प्रसाद यादव
२.
जिल्ला सर्लाही पर्सा गाउँपालिका वडा नं. ०४ घर भई हाल जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. ०९ सिनामंगल बस्ने वर्ष २४ को धिरेन्द्र कुमार यादव ।