“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०३
- A
- A-
- A+
सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ
कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला कञ्चनपुर साविक श्रीपुर
गा.वि.स. वडा नं. ०३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ अनामनगर बस्ने कबिराम चौधरी को छोरा वर्ष ४० को विशाल
कुमार चौधरीलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०२ गते अं.१७:० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.शंखमुलबाट पक्राउ गरी आवश्यक
कारवाहीको लागि प्रहरी वृत
महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: विशाल
कुमार चौधरी
उमेर: ४० बर्ष
ठेगाना: जिल्ला
कञ्चनपुर
साविक श्रीपुर गा.वि.स. वडा नं. ०३
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. २९ अनामनगर बस्ने
थप खुल्न आएको:
(क)
सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट ५०,००,०००।-( पचास लाख मात्र)
विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको ।
(ख) सम्मानित जिल्ला अदालत बाँकेबाट समेत ५०,००,०००।-(
पचास लाख मात्र) विगो बराबरको मुद्दामा फरार रहेको खुल्न आएको ।