“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०४
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- ज्वालाराम मुस्याख्वा
उमेर :- ३६ वर्ष
वतन :- भक्तपुर जिल्ला
भक्तपुर न.पा. वडा नं. १० कमलविनायक ।
बिगो रकम :- रु. २,००,०००।– (दुइ लाख)
देश :- अष्ट्रेलिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ बागबजार
।
पक्राउ मिति :- २०८१।०९।०३ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :- बुद्धि बहादुर बस्याल
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला रुपन्देही
बुटवल उ.प.म.न.पा. वडा नं. १३ नयाँगाउ ।
हाल :- जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०६ ग्राण्डी ।
बिगो रकम :- रु. १,९०,०००।– (एक लाख नब्बे हजार)
देश :- दुबई
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १६
सामाखुशी ।
पक्राउ मिति :- २०८१।०९।०३ गते ।
पीडित संख्या :- १ जना