“ठगी तथा अपराधीक लाभ सम्बन्धी अपराधमा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-०९-०५
- A
- A-
- A+
दुबई ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको HR म्यानेजर हुँ, रोजगारीको डिमाण्ड आएको
छ भनि विश्वास दिलाई नबिल बैंक लि.पोखरा शाखाको खातामा पटक पटक गरी जम्मा रु
३,३२,०००।–(तिन
लाख बत्तिस हजार) जम्मा गर्न लगाई पछी रोजगारीमा नपठाई विश्वासघात गरी सम्मानित भक्तपुर जिल्ला अदालतबाट
पक्राउ पुर्जी जारी भई ठगी
तथा अपराधीक लाभ सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादी जिल्ला कास्की साविक कास्कीकोट
गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपालिका वडा नं.२४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. १४
कलंकी
बस्ने चक्र
गिरीको छोरा वर्ष ४७ को रामजी गिरीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।०४ गते अं.१५:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम थर: रामजी
गिरी
उमेर: ४७ बर्ष
ठेगाना: जिल्ला
कास्की
साविक कास्कीकोट गा.वि.स. वडा नं. ०७ परिवर्तित पोखरा महानगरपलिका वडा नं.२४ हाल जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. १४ कलंकी
बस्ने
।
विगो: रु ३,३२,०००।– (तिन लाख
बत्तिस हजार)
थप खुल्न आएको:
Ø
वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०८१।०४।१३
मा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको ।
Ø सुर्खेत जिल्ला अदालतमा रु ३००००००।–
(तिस लाख) बराबरको चेक अनादर सम्बन्धी मुद्दा विचाराधीन रहेको ।
जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जना भन्दा वढी पीडितहरुबाट १२,१५,०००।–(बाह्र लाख पन्ध्र हजार) बिगो भएको कसुर उपर अनुसन्धान भैरहेको ।