“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०८
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- याद बहादुर बुर्जा मगर
उमेर :- ५३ वर्ष
वतन :- जिल्ला उदयपुर
रौतामाई गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०८ ।
बिगो रकम :- रु. ५,७५,०००।– ( पाच लाख पचहत्तर हजार)
देश :- क्रोएसिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा
नं. ०८ ।
पक्राउ मिति :- २०८१।०९।०८ गते ।
पीडित संख्या :- २ जना
२.
नाम
थर :- संजय साह बानिया
उमेर :- ३५ वर्ष
वतन :- जिल्ला बारा
पचरौता न.पा. वडा नं. ०८ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. भिमसेनगोला ।
बिगो रकम :- रु. ४,६०,०००।– (चार लाख साठी हजार)
देश :- साइप्रस
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२
टेकु ।
पक्राउ मिति :- २०८१।०९।०८ गते ।
पीडित संख्या :- १ जना