“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०९-०९
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- रमेश खड्का
उमेर :- ३५ वर्ष
वतन :- जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ०२ कर्थली ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर ।
बिगो रकम :- रु. ४,००,०००।– (चार लाख)
देश :- सर्विया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ ।
पक्राउ मिति :- २०८१।०९।०९ गते ।
पीडित संख्या :- १ जना
२. नाम
थर :- पुन्यवती जोशी
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला नुवाकोट
बिदुर न.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।
बिगो रकम :- रु. २,१७,०००।– (दुई लाख सत्र हजार)
देश :- अमेरिका
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४
कलंकी ।
पक्राउ मिति
:- २०८१।०९।०९ गते ।
पीडित संख्या :- १ जना