“वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०९-११
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- चिना कोयी राई
उमेर :- २८ वर्ष
वतन :- जिल्ला खोटाङ
केपीलासगढी गा.पा. वडा नं. ०७ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल ।
बिगो रकम :- रु. १२,९१,०००।– (बाह्र लाख एकानब्बे हजार)
देश :- म्यासेडोनिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल
।
पक्राउ मिति :- २०८१।०९।०९ गते ।
पीडित संख्या :- २ जना