“नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०९-१२
- A
- A-
- A+
पीडितलाई सामाजिक संजाल Facebook मार्फत साथी बनाई आफू डाक्टर हुँ, भनी भेटघाट एवं चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठा भित्र रहेका सुन तथा चाँदीका गरगहनाहरु (सिक्री, औठी, झुम्का,टप, मंगलसुत्र) लगायत नगद रु. ३,००,०००।– (तिन लाख) समेत चोरी भएको घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा वारदात स्थलको CCTV Footage मा देखा परेका व्यक्तिको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुर (PRCB) बाट खटिएको प्रहरी टोलीले अनुसन्धान एवं खोजतलास गर्दै जाँदा जिल्ला नुवाकोट पञ्चकन्या गा.पा. वडा नं. ०४ आरुखर्क स्थित जितेन्द्र मण्डललाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत सातदोबाटो पठाएको ।
पक्राउ परेका
व्यक्ति :
१. नामः ( डा. आलोक ) भन्ने जितेन्द्र मण्डल
उमेरः ३० बर्ष
ठेगानाः
जिल्ला मोहत्तरी
जलेश्वर न.पा. वडा नं.
०२ हरिटोल
हाल: जिल्ला ललितपुर ल.पु.जि. म.न.पा. वडा नं.
१७ ग्वार्को
बरामद भएको सामानको विवरणः-
१. Apple कम्पनीको मोबाईल थान -१
२. VIVO कम्पनीको मोबाईल थान -१
३. Samsung कम्पनीको मोबाईल थान -१
४. नगद रु ५९,३६० ।- ( उनानसाठ्ठी हजार तिन सय साठ्ठी रुपैँया )