“डिपेन्डेन्ट भिसामा युवतीहरुलाई कोरिया लगाएतका देशमा लैजान्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०९-१२
- A
- A-
- A+
सामाजिक सञ्जाल Facebook र Whatsapp का माध्यमबाट साथी बनी कोरिया लगायतका
देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी रकम जम्मा गर्न
लगाए पश्चात सम्पर्क विहीन भई झुक्याइ ठगी गर्ने व्यक्तिलाई मिति २०८१/०९/११ गते
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.-०३ बाँसबारीबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको
लागि जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :-
साजन मगर भन्ने होम बहादुर मगर
उमेर :- ३५ वर्ष
वतन :-
जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ०६ ।
हाल :- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०८
।
बिगो रकम :- रु. २१,००,०००।– (एक्काइस लाख )
पीडित संख्या :- २ जना