“ बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ’’
२०८१-०९-१४
- A
- A-
- A+
सम्मानित
उच्च अदालत पाटन ललितपुर र काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ
पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा तामाकोशी गाउँपालिका वडा नं. ४
घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ चमती बस्ने बर्ष २८ को राम
बिक्रम खड्कालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।११ गते
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १२ टेकुबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि
प्रहरी वृत स्वयम्भू काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: राम बिक्रम खड्का
उमेर: २८ बर्ष
ठेगाना: जिल्ला दोलखा तामाकोशी
गा.पा. वडा नं . ४
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ चमती