“वैदेशिक रोजगारीमा दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०९-१४
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ ठमेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- ओम प्रकाश चौधरी
उमेर :- २९
वर्ष
वतन :- जिल्ला रुपन्देही सैनामैना न.पा. वडा नं. ११ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६
ठमेल ।
बिगो रकम :-
रु. १६,९२,०००।– (सोह्र लाख बयान्नब्बे हजार)
देश :- दक्षिण कोरिया
पक्राउ मिति :-
२०८१।०९।१४ गते ।
पीडित संख्या :- ३ जना