“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८१-०९-१७
- A
- A-
- A+
घटना विवरण :
सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।१२।१९ गते भएको ३ वटा बैंकिङ कसुर मुद्दाको फैसलाले कुल जरिवाना रु. ९,१९,५००/-(नौ लाख उन्नाइस हजार पाँच सय मात्र) र क्षतिपूर्ति रु.४८,०००/-( अठचालिस हजार मात्र) ठहर भई फरार रहेका प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०९।१४ गतेको दिन अं.१६:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ सामाखुशी कपुरधारामा फेला पारी कानून बमोजिम पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८१।०९।१६ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल, काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नामः
प्रल्हाद
खत्री ।
उमेर : ३४ वर्ष
ठेगानाः जि.सिन्धुपाल्चोक साविक
ठोकर्पा गा.वि.स. वडा नं. ४ परिवर्तित ऐ. जिल्ला सुनकोशी गा.पा. वडा नं. १ स्थायी
ठेगाना भई, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने ।