“ वैदेशिक रोजगारीका लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-१७
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा रोजगारीका
लागि विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं जिल्लाको
विभिन्न स्थानमा फेलापारी पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- जय प्रकाश चौरसिया
उमेर :- ३०
वर्ष
वतन :- जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं.१६ ।
बिगो रकम :- रु. ४,००,०००।– ( चार लाख )
देश :- अजरबैजान
पक्राउ मिति :-
२०८१।०९।१७ गते ।
पीडित संख्या :- १
जना
२.
नाम
थर :- आकाश दुलाल
उमेर :- २७
वर्ष
वतन :- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं.५ ।
बिगो रकम :- रु. ३,५५,०००।– (तीन लाख पचपन्न हजार)
देश :- यु.ए.इ.
पक्राउ मिति :- २०८१।०९।१७ गते ।
पीडित संख्या :- १ जना