“ वैदेशिक रोजगारीको लागि क्यानडा देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०९-१९
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा
लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१ बाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको
।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
कृष्ण
बहादुर ढकाल
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला
धादिङ
गंगा जमुना गा.पा. वडा नं. ०६ ।
हाल :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा
नं. ०१ रानीवन ।
बिगो रकम :-
रु.
४,००,०००।– (चार लाख)
देश :- क्यानडा
पक्राउ स्थान :-
जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१ ।
पक्राउ मिति :-
२०८१।०९।१९
गते ।
पीडित संख्या :-
२ जना