“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-२१
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्तिहरु :-
१.
नाम
थऱ :- राकेश
कुमार रावत
उमेर :- २८ वर्ष
वतन :- जिल्ला सर्लाही गोडैता न.पा. वडा नं. १० ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा.
वडा नं. ०९ ।
बिगो रकम :-
रु. ६,४५,०००।– (छ लाख पैँतालिस हजार)
देश
:- मौरिसस
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ ।
पक्राउ मिति :- २०८१।०९।१९ गते ।
पीडित
संख्या :- १ जना
२.
नाम
थर :- दुधराज थिङ
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ११ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०९
।
बिगो रकम :-
रु. ७,५०,०००।– (सात लाख पचास हजार)
देश :- क्यानडा
पक्राउ स्थान :- जिल्ला
ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०९ ।
पक्राउ मिति :-
२०८१।०९।२१ गते ।
पीडित संख्या :- १ जना
३. नाम थर :- प्रभा श्रेष्ठ
उमेर :- ३४ वर्ष
वतन :- जिल्ला दाङ तुल्सीपुर उप.म.न.पा. वडा नं. ०५ ।
हाल :-
ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १० ।
बिगो रकम :-
रु. ७,०८,०००।– (सात लाख आठ हजार)
देश :- सिंगापुर
पक्राउ स्थान :-
ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १० ।
पक्राउ मिति :- २०८१।०९।२१ गते ।
पीडित संख्या :- १ जना