“अबैध सुन लुटपाट तथा ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८१-०९-२१
- A
- A-
- A+
घटना विवरण :-
मिति २०८१।०९।१४ गते आईतबार दिउसो
अं.१४;३० बजेको समयमा fly
Dubai को उडान मार्फत Dubai बाट नेपाल आएकी नाम परिवर्तित भक्तपुर ‘क’
ले सुनलाई लेसिलो स्वरुप (Liquid Form ) मा प्याड जस्तो आकार
बनाई भित्री वस्त्रमा लुकाई छिपाई ल्याएको अबैध सुन अपरिचित व्यक्तिहरुले लुटी लगेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात
यस कार्यालय मातहत PRCB भक्तपुर र जिल्ला प्रहरी परिसर
भक्तपुर समेतको सयुंक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न व्यक्तिहरुलाई मिति
२०८१।०९।१९ गते काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धान
गर्दा निजहरुको साथ तथा डेरा कोठाबाट लुटी लगेको ४३६.०१० ग्राम तौल भएको सुन, मोबाईल
थान-३ र मोटरसाईकल थान-१ समेत बरामद गरी घटनामा
संलग्न रहेका निम्न व्यक्तिहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला
प्रहरी परिसर भक्तपुरमा पठाईएको ।
पक्राउ व्यक्तिहरू
:
१) जिल्ला नुवाकोट पञ्चकन्या गा.पा वडा नं. १ घर भई हाल का.जि टोखा
नगरपालिका वडा नं. १ झोर बस्ने वर्ष २६ को सुजन नेपाली ।
२) जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी
नगरपालिका वडा नं. ३ घर भई हाल का.जि गोकर्णेश्वर बस्ने बर्ष ३२ की अनिता तामाङ
भन्ने मिनसाङ लामा तामाङ ।
३) जिल्ला काभ्रेपलाञ्चोक तेमाल गा.पा. वडा नं. १ घर भई
हाल का.जि. का.म.न.पा.वडा नं.६ बस्ने बर्ष
२२ को लाल बहादुर तामाङ ।