“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८१-०९-२२
- A
- A-
- A+
सम्मानित काठमाण्डौ
जिल्ला अदालत ववरमहल, काठमाण्डौको मिति २०८१।०१।१७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दा( मुद्दा नं. 080-C1-0302)मा कैद १ (एक) दिन, बिगो
बमोजिमको जरिवाना रु. २,८१,०००/-(दुई लाख एकासी हजार मात्र) र क्षतिपूर्ति शुल्क
रु. ११,२४०/-(एघार हजार दुई सय चालिस मात्र) ठहर तथा सम्मानित भक्तपुर जिल्ला
अदालतको मिति २०८१।०२।०८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दा(मुद्दा नं.080-C1-0316) मा कैद ५ (पाँच) दिन, बिगो
बमोजिमको जरिवाना रु. १,००,०००/-(एक लाख मात्र) र क्षतिपूर्ति शुल्क ४,०००/-(चार
हजार मात्र) ठहर भई फरार रहेका निम्न प्रतिवादीलाई यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा
मिति २०८१।०९।२१ गतेको दिन अं.११:०० बजेको समयमा काठमाण्डौ
जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २ पानीपोखरीमा फेला पारी कानून बमोजिम पक्राउ गरी फैसला कार्यान्वयनको
लागि मिति २०८१।०९।२२ गते सम्मानित ललितपुर
जिल्ला अदालत, पाटन, ललिलतपुर पठाईएको ।
पक्राउ
प्रतिवादी:-
१.
नामः
सन्ध्या
गौतम ।
उमेर : २८ वर्ष
ठेगानाः जि.ललितपुर बागमती गा.पा.
वडा नं. १ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ म.न.पा. वडा नं. २ पानीपोखरी
बस्ने ।