“ प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ ”
२०८१-०९-२२
- A
- A-
- A+
नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरु संग सम्पर्क रहेको भनी प्रलोभनमा पारी बैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०९।२१ गते का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ थापाचोकबाट उक्त ठगी कार्यमा संलग्न सुदीप थापा र प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न का.जि. का.म.न.पा वडा नं. ३२ कोटेश्वर स्थित रहेको मार्शल प्रिन्टिङ प्रेशका संचालक किशोर कुमार चौधरी समेत २ जनालाई नियन्त्रणमा लिई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्धामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ, भद्रकाली पठाईएको ।
पक्राउ व्यक्तिहरुः
१. नाम : सुदीप
थापा
२.
नाम : किशोर कुमार चौधरी
उमेर : ३८ बर्ष
उमेर : ४४ बर्ष
ठेगाना : का.जि. कागेश्वरी मनहरा न.पा.वडा नं.०७
थापाचोक ठेगाना : जि. सप्तरी, कडक न.पा. वडा नं.१०
हाल : का.जि. कागेश्वरी मनहरा न.पा.वडा नं.०७ थापाचोक हाल : का.जि. का.म.न.पा. वडा नं.३२ कोटेश्वर
बरामद सामानहरूः
v
प्रहरी निरीक्षकको परिचय पत्र थान-१
v
प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो थान-४
v
OPPO कम्पनीको
मोबाईल थान-१