“ वैदेशिक रोजगारको लागि पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०९-२३
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने
भनी रकम समेत आफ्नो र विभिन्न व्यक्तिहरुको बैंक खातामा जम्मा गर्न लगाई लामो
समयसम्म झुक्याई विदेश नपठाई सम्पर्क समेत नगरी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी
परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- कृष्ण यदुवंशी
उमेर :- ३१
वर्ष
वतन :- जिल्ला सप्तरी बिष्णुपुर गा.पा. वडा नं.०७ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. ३१ ।
बिगो रकम :- रु.
७२,४८,१५०।– ( बहत्तर लाख अठचालिस हजार एक
सय पचास )
देश :-
पोल्याण्ड
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१
।
पक्राउ मिति :- २०८१।०९।२२ गते ।
२.
नाम
थर :- राजेश बराम
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला गोरखा सुलिकोट गा.पा. वडा नं. ०४ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा वडा
नं. २६ सामाखुसी ।
बिगो रकम :- रु. ८,९०,०००।–
(आठ लाख नव्वे हजार)
देश
:- पोल्याण्ड
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु ।
पक्राउ मिति :- २०८१।०९।२२
गते ।