“ जागिर लगाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ ”
२०७८-०९-२५
जिल्ला सर्लाही ब्रम्हपुरी गा.पा. वडा नं २ घर भई हाल जिल्ला काठमाण्डौ म.न.पा वडा नं ११ बबरमहल बस्ने संजिब कुमार साहले जि. भक्तपुर भ.पु.न.पा वडा नं ४ घर भएको उत्सव सुजखुलाई आफु अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ, तपाई जागिरको खोजीमा हुनुहुदो रहेछ तपाईलाई मैले एभरेष्ट बैकको उपत्यकाको कुनै स्थानमा म्यानेजमेन्ट ट्रेनीमा जागिर लगाई दिन्छु, त्यसको लागी रु २,००,०००।- (दुई लाख) लाग्छ भनी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई निजले रु २,००,०००।- (दुई लाख) ठगि लिन खान लागेको भनी यस महाशाखामा दिएको जाहेरी दरखास्त अनुसार निज संजिब कुमार साहलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०८।२७ गते १४ :३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ माईतीघरबाट पक्राउ गरी ठगी सम्बन्धी कसूरको उद्योग गर्ने कसुरमा मिति २०७८।०८।२८ गते आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको ।
पक्राउ परेका व्यक्ति:-
१.नाम :- संजिब कुमार साह
उमेर :- ३८ वर्ष
वतन :- जिल्ला सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नं.२ घर भई हाल जिल्ला काठमाण्डौ बवरमहल बस्ने राधाकृष्ण साहको छोरा बर्ष ३८ को संजिव कुमार साह ।