“ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी पक्राउ”
२०८१-०९-२६
घटना विवरणः
सावित्री लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मार्शल भन्ने शैलेन्द्र तामाङ समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा वारदात पश्चात भागी फरार रहेका जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.०८ स्थायी वतन भई हाल का.जि. तार्केश्वर न.पा. वडा नं.०८ बस्ने वर्ष २९ को सिजन अधिकारीलाई यस कार्यालयबाट खटीगएको टोलीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा मिति २०८१।०९।२५ गते जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका
स्थित नेपाल भारत सिमामा शंकास्पद तवरले हिडीरहेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी
नामः सिजन अधिकारी
उमेरः २९ बर्ष
ठेगाना : जि. गोरखा, आरुघाट गा.पा.वडा नं.०८
हाल : का.जि. तार्केश्वर न.पा. वडा नं.०८