“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ’’
२०८१-०९-२६
- A
- A-
- A+
जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने वर्ष
४८ कि शिवा न्यौपानेले वैदेशिक रोजगारको लागि पोर्चुगल पठाई दिन्छु भन्दै विश्वास दिलाइ प्रलोभनमा
पारी पीडितबाट रकम लिई ठगी गरेको भनी जाहेरी दरखास्त प्राप्त हुना साथ यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०९।२५ गते का.जि.का.म.न.पा. वडा
नं.३२ पेप्सीकोलाबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको ।
पक्राउ व्यक्ति:
नाम थर: शिवा
न्यौपाने
उमेर: ४८ बर्ष
ठेगाना: जिल्ला भक्तपुर
चाँगुनारायण नगरपालिका वडा नं. २
ठगी गरेको रकम: रु ६,००,०००।–(छ लाख)