“बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०९-२९
- A
- A-
- A+
घटना विवरणः
केश कुमार श्रेष्ठ लगाएतका
ब्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुधा बस्नेत समेत भएको बैकिङ कसूर मुद्दामा
सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भई कुल जम्मा रु. ९०,५०,०००।- (नब्बे लाख पचास हजार) विगो भएको बैकिङ कसुर
मुद्दामा फरार रहेकी जिल्ला काठमाण्डौ, का.म.न.पा. वडा नं.०३ महाराजगंज बस्ने वर्ष ५९ की सुधा
बस्नेतलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२९ गते जिल्ला काठमाण्डौ, का.म.न.पा.वडा नं.०३ महाराजगंजबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित उच्च
अदालत पाटन ललितपुर पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : सुधा बस्नेत
उमेर : ५७ वर्ष
ठेगाना : जिल्ला काठमाण्डौ,
का.म.न.पा. वडा नं.०३ महाराजगंज
हाल : जिल्ला काठमाण्डौ,
का.म.न.पा.वडा नं.०३ महाराजगंज