“रक्त चन्दनको गैर कानूनी कारोबार गर्ने व्यक्तिहरू पक्राउ”
२०८१-१०-०२
- A
- A-
- A+
घटना विवरण :-
मिति २०८१/१०/०१
गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.
३२ पेप्सीकोला बस्ने ज्ञान बहादुर तिमल्सिना लगायतका व्यक्तिहरुले गैरकानूनी रुपमा
अवैध वन पैदावार रक्त चन्दनको कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निग्रानी
राखी खोजतलास गर्ने क्रममा मिति २०८१।१०।०१ गते बेलुका अं. २१:०० बजेको समयमा
का.जि.का.म.न.पा. वडा नं. ३२ पेप्सीकोला स्थित निजको डेरा कोठामा लुकाई राखेको रक्त
चन्दन जस्तो देखिने काठको गोलिया थान – २९ को जम्मा तौल ४३१ के.जि. बरामद गरी आवश्यक
कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाण्डौमा पठाइएको ।
पक्राउ परेका व्यक्तिहरुको विवरण :-
१) जिल्ला
सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ८ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२
पेप्सीकोला बस्ने बर्ष ४० को ज्ञान बहादुर तिमल्सिना ।
२) जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने बर्ष ४१ को रमेश थापा ।