“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८१-१०-०२
- A
- A-
- A+
सुदिप सुनुवारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी
उपेन्द्र प्रसाद ढुंगाना भएको चेक अनादर ( ०७१-Pc-२९०६) मुद्दामा प्रतिवादी
उपेन्द्र प्रसाद ढुंगानालाई सम्मानित काठमाण्डौ जिल्ला अदालतको मिति २०७३।०३।०८
गतेको फैसलाले व्याज सहितको बिगो रु.३२,४२,६४८।– ( बत्तीस लाख बयालीस हजार छ सय अठ्चालीस ) र जरिवाना रु.२,०००।– ( दुई
हजार) ठहर भई हालसम्म फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको
प्रहरी टोलीले मिति २०८१/०९/२९ गते अं. १८:३० बजेको समयमा जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. ८ गौशालाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित
काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौमा पठाईएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु:
Ø वादी नेपाल
सरकार प्रतिवादी उपेन्द्र प्रसाद ढुंगाना भएको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी
परिसर भद्रकाली काठमाण्डौबाट फरार रहेको । ( विगो रकम रु ७५,००,०००।– पचहत्तर
लाख)
Ø वादी नेपाल सरकार प्रतिवादी उपेन्द्र प्रसाद
ढुंगाना भएको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त महाराजगंजबाट पक्राउ पुर्जी जारी
भई फरार रहेको । ( विगो रकम रु ६९,४९,०००।–उनान्सत्तरी लाख
उनन्चास हजार )
पक्राउ व्यक्ति:
नाम: उपेन्द्र प्रसाद ढुंगाना
उमेर: ५३ बर्ष
ठेगाना: जिल्ला झापा गौरादह न.पा.वडा नं.५ महारानी झोडा
हाल: का.जि.का.म.न.पा.वडा नं.१ नक्साल