“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१०-०३
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- सन्जिता
गुरुङ
उमेर :- २३
वर्ष
वतन :- जिल्ला तनहुँ बन्दिपुर गा.पा. वडा नं. ०२ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. २६ ।
बिगो रकम :- रु.
६०,८९,०००।– (साठ्ठी लाख उनान्नब्बे हजार)
देश :-
यू.के.
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. २२ न्यूरोड ।
पक्राउ मिति :-
२०८१।१०।०२ गते ।
पीडित संख्या :- २ जना
२. नाम
थर :- रेशम
राज लामिछाने
उमेर :- ५०
वर्ष
वतन :- जिल्ला
तनहुँ भिमाद न.पा. वडा नं. ०१ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०६
बौद्व ।
बिगो रकम :- रु. २४,००,०००।– (चौबिस लाख)
देश :- दुबई
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०६ बौद्व ।
पक्राउ मिति :- २०८१।१०।०२ गते ।
पीडित संख्या :- ११ जना