“ नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१०-०४
- A
- A-
- A+
घटना
विवरणः
जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ०३ स्थायी वतन
भएका बर्ष ३० का राजु कार्कीले पीडित पक्षलाई आफू नेपाली सेनाको अधिकृत हुँ, तपाईसंग भएको सुनका गरगहना धितो राखि सो रकम मलाई
दिनुहोस, मसंग भएको जग्गा जमिन तपाईको नाममा पास गरिदिन्छु, भनी झुट्ठा बिश्वास दिलाई रु. ३,००,०००।– (तिन लाख) रकम लिई फरार भएको घटना सम्बन्धमा यस कार्यालयको मातहतमा
कार्यरत PRCB ललितपुरबाट खटि गएको
प्रहरी टोलिले निजलाई फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि
जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुर पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः
१.
नाम : राजु कार्की
उमेर
: ३० बर्ष
ठेगाना
: जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ०३
हाल
: जिल्ला भक्तपुर मध्यपुर
ठिमी न.पा.०४ थिमी
बरामद
सामानहरुः-
१) राष्ट्रिय वाणिज्य बैँकको चेक थान -१
२) मोबाईल थान-२
३) नगद रु.९००० ।-
४) बा.प्र.०२.०३४ प ४५१० नं.को स्कुटर थान-१