“मोबाईल चोरी गरी रकम ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ”
२०८१-१०-०७
- A
- A-
- A+
घटना विवरणः
मोबाईल तथा
व्यक्तिगत कागजातहरु चोरी गरी विभिन्न
पसलहरुमा गई ईसेवामा रकम पठाउन लगाई उक्त रकम पठाए पश्चात केही समयपछि नगद लिएर
आउछु भनी चोरी गरेको मोबाईल तथा कागजातहरु धितो राखी फरार भई ठगी गर्ने कार्यमा
संलग्न रहेका निम्न वतन भएका व्यक्तिहरुलाई मिति २०८१।१०।०७ गते काठमाण्डौको
विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला
प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१. नामथर: ध्रुब कुमार राय
उमेर: ३५ बर्ष
ठेगाना: जिल्ला उदयपुर रौतामाई गा.पा. वडा नं. ०७
घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २४ बस्ने ।
२. नामथर: राजन डंगोल
उमेर: ४१ बर्ष
ठेगाना: जिल्ला
काठमाण्डौँ का.म.न.पा वडा नं. २४ बस्ने ।
बरामद भएका सामानहरुको विवरण:-
१. Apple कम्पनीको Iphone - थान १
२. Oppo कम्पनीको मोबाईल - थान
१
३. Redmi कम्पनीको मोबाईल - थान
२
४. Keypad मोबाईल - थान २
५. सवारी चालक अनुमतिपत्रको प्रतिलिपि - थान १
६. ब्लु बुक - थान
१