“चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१०-०८
- A
- A-
- A+
मिति २०८१/०९/१६ गते
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११ भोटेबहाल स्थित पदमा कुमारी तुलाचनको
कोठाबाट सुनका बिभिन्न गरगहना र नगद समेत जम्मा रु. १६,५५,०००।– (सोह्र लाख पचपन्न
हजार) मुल्य बराबरको चोरी भएको घटनामा संलग्न व्यक्तिहरुलाई CCTV फुटेजमा
देखिएको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा जिल्ला रामेछाप दोरम्बा
गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ९ ढुङ्गिनी
बस्ने तिर्थ बहादुर थापा मगर समेतका ४ जना व्यक्तिहरुलाई मिति २०८१।१०।०७ गते ललितपुरको बिभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाइएको ।
पक्राउ
परेका व्यक्तिहरुको विवरण :-
१. जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ३ घर भई
हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ९ ढुङ्गिनी बस्ने वर्ष ३८ को तिर्थ
बहादुर थापा मगर ।
२.
जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ४ घर भई
हाल जिल्ला काठमाण्डौं गोठाटार बस्ने वर्ष ४३ को सुवास मगर ।
३.
जिल्ला सिन्धुली मरिन गा.पा. वडा नं. २ घर भई
हाल जिल्ला ललितपुर इमाडोल वर्ष ३८ की सुनिता तामाङ ।
४.
जिल्ला खोटाङ रुपाकोट मझुवागडी न.पा. वडा नं. ९
घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ मोति चोक बस्ने वर्ष ४७ को
बलराम बिश्वकर्मा ।
बरामद
सामाग्रीको विवरण:-
१. स्वरुप
परिवर्तन गरीएको सुन १ तोला ७७ लाल
२. बा.७१
प ७१९ नम्बरको एभिएटर स्कुटर र हेल्मेट थान १/१
३. नगद
रु. ३०,०००।– (तीस हजार)
४. चोरी
गर्दा प्रयोग भएको फलामको रड थान - १
५. किप्याड
मोबाइल फोन थान - २
६. Redmi
कम्पनीको मोबाइल थान – १
७. OPPO
कम्पनीको मोबाइल थान – १
चोरी गर्दा लगाएको कपडा तथा जुत्ता